पोखरामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु
एपिएफ र आर्मीको सेमिफाइनलको ढोका खुल्यो
पाेखरा | असार १३, २०८२
पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु भएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा समूह ‘ए’बाट एपिएफ क्लब र समूह ‘बि’बाट त्रिभुवन आर्मी क्लबले सेमिफाइनलको ढोका खुल्ला गरे ।
पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा भएको खेलमा समूह एतर्फ एपिएफले गण्डकीलाई २२–६ र बागमतीलाई ३०–१ गोल अन्तरले हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाएको हो ।
बागमतीले मधेश प्रदेशलाई ६–१ ले हराउँदा समूह बितर्फ आर्मीले लुम्बिनीलाई २६–१३ र कोशीलाई ३७–८ को फाराकिलो गोलअन्तरले हराउँदै सेमीफाइनलको सम्भावना बलियो बनायो ।
सोही समूहको अर्को खेलमा कर्णालीले लुम्बिनीलाई ६–४ गोलले हराएको छ ।
प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ ।
समूह ए मा एपिएफ, गण्डकी, बागमति र मधेश प्रदेश रहेको छ भने समूह बि मा आर्मी, लुम्बिनी, कोशी र कर्णाली प्रदेश रहेको छ ।
तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

